२०८१ पुष ११ , बिहिवार

ग्यासको मूल्य बढ्यो

सुनाखरी न्युज/ काठमाडौं –

भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य बुधबार ५० भारुले बढेको छ । बढेको मूल्य आजदेखि नै लागू हुने बताइएको छ ।

 

समाचार एजेन्सी एएनआईका अनुसार राजधानी दिल्लीमा अब एलपीजी ग्यासका लागि प्रयोगकर्ताले १ हजार ५२ भारु तिर्नुपर्नेछ । त्यस्तै, ५ किलोग्रामको घरेलु सिलिन्डरको मूल्य पनि १९ भारुले बढेको छ भने १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य साढे ८ सयले कम भएको छ ।

 

गत हप्ता पनि व्यावसायिक सिलिन्डरको मूल्य २ सय रुपैयाँले कम भएको थियो । बीबीसी