२०८१ मंसिर १४ , शुक्रवार

शेयर बजारमा दोहोरो अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.३३ अंकले बढेर दुई हजार ४३ दशमलब ९२ विन्दुमा पुगेर बन्द भएको हो ।

 

मंगलबार ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा २ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

लाइफ इन्स्योरेन्स कर्पोरेशन शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४९.९० रुपैयाँ पुगेको छ भने सिवाईसी लघुवित्त वित्तीय शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६९८.२० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार एनसीसी डिभेञ्चर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गोर्खाज फाइनान्सको भएको छ । यसको आज ११ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।