२०८१ आश्विन १२ , शनिवार

काठमाडौं उपत्यकामा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

 

यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमित पनि बढेका छन् ।