२०८१ आश्विन १२ , शनिवार

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन

सुनाखरी न्युज/ काठमाडौं –

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो । समिति गठनअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका थिए । बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अर्थमन्त्री शर्माले अनधिकृत तथा व्यापारीका प्रतिनिधि राखेको आरोप लागेको छ ।

 

सोही विषयलाई लिएर संसद् र सडकमा प्रमुख प्रतिपक्षी एमालेले आवाज उठाएको थियो । उक्त दिनको सीसीटीभी फुटेज डिलिट गरिएको भन्ने सूचना आएपछि कांग्रेसका सांसदहरूले पनि अर्थमन्त्रीले राजीनामा दिनु पर्ने र छानबिन हुनुपर्ने माग गरेका थिए ।

 

यी हुन् समितिमा रहेका सांसदहरु :
खगराज अधिकारी
देवप्रसाद गुरुङ
पुष्पा भुसाल
प्रदीप ज्ञवाली
भानुभक्त ढकाल
विमला विक
लक्ष्मणलाल कर्ण
शक्ति बस्नेत
सरलाकुमारी यादव
सिताराम महतो
सुरेन्द्र यादव