२०८१ आश्विन १२ , शनिवार

अब संसदीय र प्रदेश चुनावको तयारीमा नेपाली कांग्रेस

किरण गिरी – भर्खरै निर्बाचन आयोगले आगामी मंसिर -२ गते संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मिति सरकार लाई सुझाव गरेको छ । सरकारले अबको केहिदिनमा निर्बाचनको मिति घोषणा गर्ने छ । नेपाली कांग्रेस आगामी -२७ गते बाट बस्ने केन्द्रीय समितिको बैठकले आगामी निर्बाचन को बारेमा ठोस निर्णय लिएर अगाडि बढ्ने नै छ ।
नेपाली कांग्रेसको महाअभियान ।
सार्थक र सफल आगामी संसदीय र प्रदेश निर्बाचन ।
समुन्नत गाउँ ,समुन्नत नगर ।
तिनै तहमा नेपाली कांग्रेसको सरकार ।
२७ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टीको आन्तरिक संगठन आगामी संसदीय चुनाव लाई प्रार्थमिकता दिने छ ।
सबै समादरणिय ज्यु हरुमा बिहानीको शुभ प्रभात ।
अग्रज आदरणीय नेता ज्यु हरु , समकालीन सहकर्मी साथीहरू र सबै भाइबहिनी हरुमा ” जय नेपाल ” को हार्दिक सम्मान गर्ने मेरो आदर्श लाई निरन्तरता दिदै लेख्न गइरहेको छु ।
जय नेपाल ।
सकारात्मक सोच र रचनात्मक जीवन शैली नै हरेक सफलता को प्रमुख आधार हो ।
न बढी , न कम ।
राजनीतिक यात्रामा मेरो सक्रियता बढ्दै जाने छ , हरदम ।

समसामयिक जानकारी :-
करिब -३९ लाख जनताको समर्थन कांग्रेस लाई :-
स्थानीय निर्बाचन -२०७९ , गत बैशाख -३० गते सम्पन्न निर्बाचनमा नेपाली कांग्रेस – ३८ लाख , ८३ हजार , १ सय , ३८ लोकप्रिय मत सहित जनादेश द्वारा पहिलो शक्तिको रुपमा उदयमान भएको छ ।
नेपाली कांग्रेसको पपुलर मत :- ३८,८३,१,३८ ।
पालिका प्रमुख / अध्यक्ष :- ३२९ ।
वडा अध्यक्ष :- २६६५ ।
७७ जिल्ला मध्ये अहिले असार -५ गते ६७ जिल्ला को परिणाम आउँदा सम्म नेपाली कांग्रेसले ३२ जिल्लामा जिल्ला समन्वय समितिको नेतृत्व ” सभापति ” पद प्राप्त गरिसके छ ।
नेपाली कांग्रेसले प्राप्त गरेको मत बिजय हासिल गरेको तथ्य केलाउदा लोकप्रिय मतका आधारमा सर्बाधिक प्रमुख / उपप्रमुख एबं जन प्रतिनिधि जितेको आधारमा डोटी जिल्ला पहिलो जिल्ला भएको छ ।
कांग्रेस मा देउवाको नेतृत्व सर्बाधिक सफल :-
जन नायक महामानव बि पी कोइराला पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा को नेतृत्व सर्बाधिक सफल देखियो। पार्टीमा उपसभापति पुर्ण बहादुर खडका र सरकार मा गृहमन्त्री बालकृष्ण खांड यो चुनाबमा प्रधानमन्त्री एबं सभापति देउवाका कुशल सारथीका रूपमा सफल देखिनु भयो भने महामन्त्री गगन कुमार थापा र महामन्त्री बिश्वप्रकाश शर्मा प्रबक्ता प्रकाश शरण महत लगायत केन्द्रीय पदाधिकारी एबं सदस्यहरुको सार्थक र जिम्मेवार भूमिकाको कारण यो निर्बाचन जित्न हामी सफल भएका छौं ।
यो उपलब्धिका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सफल राजनेता सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा लाई हार्दिक सम्मान।
यो जनादेशको जग र उर्जा मा यहि निष्ठा र प्रतिबद्धताका साथ संसदीय र प्रदेशको आगामी निर्बाचन सफल पारौं ।
नेपाली कांग्रेस नै समुन्नति को आधार ।
तिनैतहमा नेपाली कांग्रेसको बहुमतको सरकार ।

यस कारण कांग्रेस सभापति देउवा सफल राजनेता :-
१४ औं महाधिवेशन बाट नै नेपाली कांग्रेस लाई निर्बाचनमा पहिलो पार्टी बनाछु भन्ने दृढता , अठोट र प्रतिबद्धता का साथ अगाडि बढेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा को नेतृत्व सबल , सक्षम र सफल प्रमाणिात भएको छ । गत स्थानीय निर्बाचनमा नेपाली कांग्रेस जनादेश बाट पहिलो पार्टी बनेको छ । आगामी संसदीय र प्रदेश को चुनाव मा पनि नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउने सभापति देउवा को लक्ष्य र उध्येश्य प्राप्तिका लागी नेपाली कांग्रेसको नेतृत्व सभापति देउवा लाई दृढता पुर्बक साथ , सहयोग र समर्थन गर्नु नेपाली कांग्रेसका हामी सबै नेता तथा कार्यकर्ता को दायित्व हो । नेपाली कांग्रेस लाई निर्बाचनको माध्यम बाट पहिलो पार्टी बनाउने सभापति देउवा मिसनमा मेरो निरन्तर साथ , सहयोग र समर्पण रहने छ । यो दुरदर्शि , परिपक्व र सालिन राजनेता संग राजनीतिक सहकार्य गर्न पाउदा म आफुलाइ अत्यन्तै भाग्यमानी र गौरव महसुस गरिरहेको छु । नेपाली कांग्रेस र मुलुक कै कुशल अभिभावक राजनेता नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रती हार्दिक सम्मान र नमन व्यक्त गर्दछु ।

उत्साह जनक चुनावी परिणाम :-
स्थानीय निर्वाचन परिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ । काँग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ ।
काँग्रेसबाट १३ हजार ७४५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस जनादेश द्वारा पहिलो पार्टी ।नेपाली कांग्रेसको उत्साह जनक बिजयी प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना ।
मुलुकमा पहिलो पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरा बर्तमान जनादेशले फेरिपनी पुष्टि गरेको छ । हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३२९ स्थानमा बिजयी प्राप्त गरेका छौँ । नेपाली कांग्रेस यो स्थानीय निर्बाचनको जनादेश बाट मुलुकको पहिलो लोकतान्त्रिक राजनीतिक पार्टीको स्थापित भएको छ । लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो । यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ ।

स्थानीय तहको निर्वाचन २०७९
वैशाख ३० गते शुक्रबार सप्पन्न भएको हो ।
यो चुनावमा नेपाली कांग्रेस ले ३२९ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।

रुख चिन्ह मा मतदान , निरन्तर हाम्रो अभियान :-
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान ।। लाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख 🌳चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी प्रदेश र संघीय संसदको चुनावका लागी पनि हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।
सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
विभिन्न जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय म किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर पार्टी को सांगठनिक गतिविधि र क्रियाकलापमा सशक्त रुपमा कृयाशिल एउटा नेपाली कांग्रेसको एउटा अभियन्ता म मेरो सक्रियता र निरन्तरता को लागी प्रण गर्दछु ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
आम मतदाताहरुमा हार्दिक अपील ।
सबै तह र तप्कामा नेपाली कांग्रेसको बिजय सुनिश्चितता को लागी अब संसदीय र प्रदेश चुनावका लागी पनि आजैबाट लागौं , आजै बाट जागौं ।

 

सकारात्मक सोच र रचनात्मक जिबनशैली नै सफलताको प्रमुख आधार हो । यही सोच र शैली अबलम्बन गर्दै नेपाली कांग्रेसको राजनीतिक यात्रामा निरन्तर क्रियाशील एउटा केन्द्रीय राजनीतिक अभियन्ताको अबिचलित प्रतिबद्धता , यात्रा र समर्पण ।
अब मंसिरमा हुन गइरहेको आम निर्बाचन लाई सबै ढंगले सफल र सार्थक बनाउन एबं नेपाली कांग्रेस लाई सर्बाधिक स्थानमा बिजय गराउन आजै बाट सक्रिय रहनु नेपाली कांग्रेसका हामी सबै नेता , कार्यकर्ता को दायित्व र जिम्मेवारी हो ।
लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।