२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा परी तिन जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं – शंखरापुर नगरपालिका-९ खुलालटारस्थित सडकमा बा. ५८ प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय दिपक केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साँखुस्थित सुष्मा कोईराला मेमोरीयल अस्पतालमा हुँदै नेपाल मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ सानोभर्या्ङमा बा.९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३५ वर्षीय अनुज लोहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सर्लाही – हरिपुर्वा नगरपालिका-२ स्थित सडकमा ज.५ प १६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५७ वर्षीय कृष्णदेव रजकको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।