२०८१ मंसिर १० , सोमवार

भारतीय कांग्रेस नेता र अभिनेता राज बब्बरलाई दुई वर्षको जेल सजाय

सुनाखरी न्युज / भारतीय कांग्रेस नेता राज बब्बरलाई जेल सजायभारतीय अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाइएको छ। २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले उनलाई ८ हजार ५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ ।

२६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ । लखनउको वजीरगञ्जमा उनले चुनाव अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए ।

त्यो चुनावमा राज बब्बर प्रत्यासी थिए। सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्याशी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए। यो मामलामा बिहीबार फैसला सुनाइएको हो ।