२०८१ आश्विन १२ , शनिवार

आर्ट अफ लिभिङ्ग अन्तर्गतको नवचेतना कोर्स विन्ध्यवासिनीमा सम्पन्न

रामबहादुर बानियाँ/पोखरा –

विन्ध्यवासिनी मा.वि., पोखरा–१६, बाटुलेचौरको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि आर्ट अफ लिभिङ्ग अन्तर्गतको ५ दिने नवचेतना कोर्स सम्पन्न भएको छ ।

 

आर्ट अफ लिभिङ्ग पोखरा (माउण्ट कैलाश रिसोर्ट) को सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा कक्षा १० मा अध्ययनरत ७३ जना विद्यार्थीहरुलाई प्रशिक्षक डा. डन्जन क्षेत्री, महेश्वर गिरी र सौमायाँ गुरुङ्ग भट्टराईले प्रशिक्षण दिनुभएको थियो भने विशाल भट्टराई, राजन थापा, सौरभ दाहाल, विशेष गुरुङ मूनाल पौडेल लगायतका स्वयंसेवकहरुले सहयोग गर्नु भएको थियो ।

 

नवचेतना प्रशिक्षणको समापन समारोहमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रधानाध्यापक्र कृष्ण प्रसाद आचार्यले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासको लागि यस्ता प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने भएकोले, विद्यालयलाई यस्ता प्रशिक्षण प्रदान गर्नुभएकोमा आर्ट अफ लिभिङ्ग पोखरा एवं प्रशिक्षक प्रति आभारी व्यक्त गर्नुभयोे । प्रशिक्षक सौमाया गुरुङले विद्यालयलाई भविष्यमा अन्य प्रशिक्षण प्रदान गर्न आफुँहरु तयार रहेको जानकारी गराउनुभयो ।

 

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रामबहादुर बानियाँले गर्नुभएको थियो । समापनको अन्त्यमा प्रशिक्षक र स्वयंसेवकहरुलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो । उक्त प्रशिक्षणको संयोजन स्थानिय समाजसेवी विशाल भट्टराईले गर्नु भएको थियो ।