२०८१ आश्विन १२ , शनिवार

यौन हिंसाका घटनामा हदम्याद तीन वर्षसम्म बनाउने संसदीय समितिको निर्णय

सुनाखरी न्युज/ काठमाडौं –

बलात्कार तथा यौन हिंसाका घटनामा नाबालिगले तीन वर्षसम्म उजुरी गर्न सक्ने निर्णय भएको छ ।

 

संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरू मध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेको छ । यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफलका क्रममा सो निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका छन् ।

 

उनका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म उजुरी दिन पाउनेछन्।‘नाबालिग र अपांगता भएका पीडितको हकमा हदम्याद तीन वर्षसम्म हुनुपर्ने निर्णय गरेका छौं,’ पोखरेलले भने।