२०८१ आश्विन १२ , शनिवार

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन बैठक मंगलबार बस्ने

सुनाखरी न्युज/ काठमाडौं –

बजेट निर्माणका बेला अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको पहिलो बैठक आउने मंगलबार बस्ने भएको छ।

संसद सचिवालयका अनुसार शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको संसद भवन नयाँ बानेश्वरमा सहजीकरणमा समितिमा रहेका सदस्यहरूबीच बैठक भएको थियो। उक्त बैठकमा समितिलाई संसद सचिवालयले गर्ने सहयोगबारे जानकारी गराइएको थियो।

 

शर्मामाथि छानबिन गर्न बुधबार संसदले ११ सदस्यीय समिति बनाएको थियो। छानबिन समिति बनेकै दिन संसदमा अर्थमन्त्री शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।