२०८१ मंसिर १४ , शुक्रवार

त्रिविका ६३ हजार विद्यार्थीको ग्रेस लिस्ट पास, लिस्टमा परेका विद्यार्थी ४८ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउने

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय सभाले ६३ हजार १ सय ३७ विद्यार्थीको ग्रेस लिस्ट पास गरेको छ । त्रिविको ६३ औं वार्षिक दिवसका अवसरमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभाध्यक्षतामा बसेको सभाले ६० औं ग्रेस लिस्ट पास गरेको हो ।

 

ग्रेस लिस्टमा परेका विद्यार्थीले त्रिविको ४८ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन् । यो संख्या गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।  पास मध्ये प्राविधिकतर्फ १६.८१ प्रतिशत र साधारणतर्फ ८३.१९ प्रतिशत रहेको त्रिवि रजिस्ट्रार पेशल दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन् । कोभिड–१९ का कारण गत वर्ष २९ हजार ७ सय २९ जना मात्र दीक्षित भएका थिए ।

 

त्रिवि सभाले आर्थिक वर्ष २०७९-८० का निम्ति २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपैयाँ बजेट पारित गरेको छ । त्रिविले सम्बन्धनमा कार्यक्रम चलाइरहेका तर लामो समयदेखि नवीकरण नगरिएका क्याम्पलाई खारेज गर्ने र सम्बन्धन प्राप्त क्याम्पसलाई एकआपसमा गाभ्ने नीति तथा कार्यक्रम अघि बढाएको छ ।