२०८१ आश्विन १२ , शनिवार

पोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श

सुनाखरी न्युज/ पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी डाडागाउंमा शनिवार रचना वाचन, असारे भाका र रैथाने विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

 

सिर्जना र असार समूह साहित्य श्रृंखला पोखराका संयोजक स्ट्रगल रानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाका संरक्षण हुनुपर्ने वताउदै गीतहरु समेत प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल , बसन्धरी भुवाईको समूह,संगम सास्कृतिक समूह,शिब अधिकारी,ज्ञानु आचार्य,भीमराज आश्रम,भीम रानाभाट लगायतका स्रष्टाले रचना वाचन गर्दै आआफ्ना प्रस्तुति राखेका थिए । सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले स्वागत गरे ्भने काजी गाउलेले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ्ग, स्थानीय धनबहादुर भुजेल,हेम बहादुर थापा किरण लगायतले बोलेका थिए ।