२०८१ आश्विन १२ , शनिवार

ला‘यन्स क्लब अफ पोखरा सेतो गुरांसलाई चार्टर हस्तान्तरण

गोविन्द तिमिल्सिना/ हेमजा। पोखरा २५ हेमजामा शनिवार आयोजित कार्यक्रममा ला‘यन्स क्लब अफ पोखरा लालीगुरांसले ला‘यन्स क्लब अफ पोखरा सेतो गुरांसलाई चार्टर हस्तान्तरण गरेको छ ।

 

ला‘यन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गवर्नर ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, चार्टर प्रेसिडेंट बसन्त बाँस्तोला र सम्मानित ब्यक्ति माधव शरण बाँस्तोलाले बोलेका थिए । उक्त अवसरमा देविलाल सापकोटा समाजसेवी अक्षयकोष द्वारा माधव शरण बाँस्तोलालाई सम्मान गरिएको थियो ।

अक्षयकोष बाट प्रत्येक वर्ष एक समाजसेवीलाई सम्मानित गरिँदै आएको छ । प्रथम उपादक्ष्य ऋषिराम पौडेलले स्वागत गरी सुरु भएको कार्यक्रममा द्वित्तीय उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले राष्ट्रीय ध्वजा अभिवादन गरेका थिए । वर्ष २१÷२२ का अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव भेषराज बाँस्तोलाले गरेका थिए ।