सुमन जिसी/ लेखनाथ । परमार्थनगर क्लव पोखरा २७ डाडाकोनाकले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गका प्रमुख आथित्तयतामा भएको कार्यक्रममा वडा अध्यक्ष गुरुङ्गले भोलिका कर्णदार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरु लाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गरेका थिए ।
केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गर्नुभएको थियो । साथै डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निर्णय समेत गरिएको क्लवका उपाध्यक्ष विजय वस्ताकोटीेले जानकारी दिएका छन् ।
समाजसेवि तथा नेपाली काङ्रेसका महाधिवेशन प्रतिनिधि सुरजजङ्ग राणाले शुभकामना व्यक्त गरेको कार्यक्रम करिव १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएको बताईएको छ । क्लवका अध्यक्ष मनोज गुरुङ्गको सभापत्तिवमा भएको कार्यक्रममा संचालन सचिव आदर्श लामिछानेले गरेका थिए ।