२०८१ पुष २२ , सोमवार

दराजले आयोजना गर्यो पहिलो बार्षिक दराज समिट

सुनाखरी न्युज/ काठमाडौं । दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन येही असर १९, २०७९ (जुलाई ३, २०२२) मायाक एण्ड यति होटल, काठमाडौंमा आयोजना गरेको छ । एक दिनको यो उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरु सहिततीन फरक प्यानलहरु रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी रहेका थिए ।

 

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यम बाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भनी बताउनुभयो। येही सन्धर्भमा उनले दराज“परिवर्तनको एक सक्रियच्यानल“हुनखोजेको पनिजनाए। तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्स बाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’विषयहरू समेटेका थिए। छलफलमा सहभागी प्यानलमा गुरुप्रसाद पौडेल, राष्ट्र बैंक;अम्बिका श्रेष्ठ, द्वारिकाज होटल; ओमेश लालश्रेष्ठ, सी एह एस सोलुसन र सिल्भर लाइनिङ; र विमल अर्याल, दराज नेपाल, सुरेश श्रेष्ठ, उद्योग विभाग;शंकर उप्रेती, हाम्रो पात्रो; आयुषश्रेष्ठ, क्लाउड फ्याक्ट्री; र सन्तोष पाण्डे, ओहो केक एण्ड अफरिङ ह्याप्पिनेस गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; दिलीप अग्रवाल, वर्ल्डलिंक कम्युनिकेसन्स; सञ्जीव सुब्बा, नेपीएस र आँचलकुँवर, दराज नेपाल, रहेका थिए।

 

कार्यक्रमको समापन गर्नुअघि दराज नेपालका मार्केटिङ प्रमुख प्रणय केसीले दराज समिट २०२२ का सबै अतिथितथा सहभागीहरूलाई सम्पूर्ण संस्थाको तर्फबाट कृतज्ञता र सम्मान प्रकट गर्नुभयो। विगत चार वर्षमा दराजले नेपालमा सेवाप्रदानगर्दै आएको स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रियबजार स्थानबनाउन सफलभएको छ । १५,००० भन्दा बढी बिक्रेताहरू, प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमाक्रान्तिकारी परिवर्तन गरेको छ।