सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.का बिच विभिन्न सेवाहरुमा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फ बाट मानव संशाधन विभागका प्रमुख रमेश थापार अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.का तर्फबाट वरिष्ठ मार्केटिंग कार्यकारी अधिकृत सुश्री अस्मिता पराजुली द्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त डाइगोनोस्टीक सेन्टर प्रा.लि. बिच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.द्धारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट गरिएको छ, साथै थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
प्रभु बैंकका ग्राहक महानुभावहरुले ५ प्रतिशत छुट फार्मेसी बाट पाउनुहुनेछ यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गरेवापत ५ कि. मि को दुरी सम्मनिस्शुल्क डेलिभरीको व्यवस्थागरिएको छ । उक्त सम्झौता अन्तर्गत अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आरर पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लिका सेवाहरुमा आकर्षक छुट प्राप्तहुने व्यवस्था मिलाईएको छ । यस सम्झौता बाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।