२०८१ आश्विन १२ , शनिवार

बस मर्मत गर्ने क्रममा किचेर सहचालकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो ।

 

बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।