२०८१ आश्विन १२ , शनिवार

गण्डकी रत्नबाट महावीर पुन विभूषित

सुनाखरी न्युज/ काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षका लागि गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराउनु भयो ।