२०८१ आश्विन १३ , आइतवार

काँग्रेस केन्द्रीय समिति बैठक: संघ र प्रदेश निर्वाचनको तयारी र रणनितीका विषयमा छलफल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनको समिक्षासँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रणनीतिका बारेमा पार्टी केन्द्रीय समितिमा आजबाट छलफल सुरु गरेको छ ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा स्थानीय निर्वाचनको समिक्षा र आम निर्वाचनको रणनीति विषयमा नेतहरुले धारणा राख्नुभएको छ । बैठकमा नेताहरुले सरकारको काम कारवाहीको सम्बन्धमा समेत नेताहरुले समिक्षा गर्नु भएको छ ।

त्यसैगरी बैठकमा यसअघि बसेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार भ्रातृ र शुभेच्छुक संस्थाको आबद्धता र पूर्णता नपाएका विभागहरूको बारेमा पनि छलफल भइरहेको नेताहरुले जानकारी दिनुभएको छ । बैठकमा आज सातै प्रदेशका सभापतिहरूले आफ्नो धारणा राख्नु भएको छ ।