२०८१ आश्विन १३ , आइतवार

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने

 

सुनाखरी न्युज / काठमाडौं – आज बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ ।हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ । बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।उनीहरुका अनुसार शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्हरुका अनुसार आगामी २४ घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानका साथै गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।