२०८१ आश्विन १३ , आइतवार

चिनियाँ नेता लिउ र अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

सुनाखरी न्युज /काठमाडौं –

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन् ।

 

आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । उक्त टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।