सुनाखरी न्युज / काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट‘रोयल टुलिप’ संचालनमा आउने भएको छ। हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेकोफ्रान्सेली ‘लुभ्र होटल्स’ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट संचालनमा आउने भएको हो । काठमाण्डौमा मंगलबार आयोजित एक समारोहमा परराष्ट्र मन्त्री माननीय डा.नारायण खड्काको उपस्थितिमा केटिएम हस्पिटालिटीका तर्फबाट अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इण्डियाका निर्देशक अजय बकायाले ब्राण्ड सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै केटिएम हस्पिटालिटीका अध्यक्ष शाहले पर्यटन क्षेत्रसदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भईरहँदा भएकोले कोभिड महाव्याधिले अकल्पनीय रुपमाथला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित् गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथरिसोर्टसंचालन हुनलागेकोबताउनु भयो । लुभ्र होटल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यको ‘हटस्पट’को रुपमा अगाडि बढिरहेको हुँदा भारतीय लगायत विश्वभरबाट यहाँ आउने पर्यटकलाईआफूहरुले आरामदायी र भरपर्दो सेवा दिनेमा विश्वस्त गराउनुभयो ।यस्तै परराष्ट्रमन्त्री डा. खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेकोब्राण्ड भित्रिनु गौरवको विषयभएको बताउनुभयो ।
युरोपकै दोश्रो ठुलो तथा विश्वबजारमा ११ वटा बिभिन्न ब्राण्ड सहित उपस्थितरहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ले कोभिड महाव्याधिका बिच शिलान्यास भई निर्माण सुरु भएको ६४ कोठा सहितको यस रिसोर्टको सम्पूर्णव्यवस्थापन सम्हाल्नेछ । कोभिड महाव्याधिले थलिएको अर्थतन्त्रलाई सहयोग गर्ने र रोजगारी सहित विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गर्ने उद्देश्य सहित २०७७ मंसिर १५ मा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईर श्रम मन्त्री रामेश्वर राय यादवले संयुक्त रुपमा शिलान्यास गर्नुभएको यस रिसोर्टलाई सुरुमा अत्याधुनिक सुविधासम्पन्न बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’का नामबाट सञ्चालनमा ल्याउने तयारी गरिएको थियो ।
वनजंगल,वन्यजन्तु,कला संस्कृति एवं हावापानीले सबैलाई मन्त्रमुग्ध बनाउँदै आएकोसौराहामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विश्वस्तरको गुणस्तरीय सेवा दिने हेतुले निर्माण थालिएको अत्याधुनिक रिसोर्टलाई विश्वभरका ६० भन्दा बढी देशहरुमा १ हजार ६ सय भन्दा बढी होटलहरु सञ्चालन गरेको अनुभव सहितको ब्राण्डसँगको सहकार्यले झनै उचाईमा लैजाने विश्वास लिइएको छ । करिब३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुईट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरु रहने रिसोर्टमा आगन्तुक पाहुनाहरुले डुंगा सयर,जलमहलको बास,स्विमिङ पुल,हेल्थ क्लब,स्पा,चिल्ड्रेन पार्क,एमपी थियटर,पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार ररेष्टुरेण्ट जस्ता सेवाहरु पाउने छन् । नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण हुँदै गरेको रिसोर्ट निर्माण भईसक्दाकरिब८५ करोड रुपैयाँकूल लागत लाग्नेअनुमान छ । रिसोर्टविक्रमसंवत् २०८० को दशैंताकासञ्चालनमा ल्याउने तयारी गरिएको छ ।