सुमन जिसी/लेखनाथ –
२०९औं भानु् जयन्तीतथा गुरू पूर्णिमामा डायमण्ड मा.वि. तालचोक मावि विद्य कार्यक्रम गरि मनाईएको छ ।
पोखरा महानगरपालीका वडा नं. २७मा रहेको डायमण्ड मा.वि.मा २०९औं भानु् जयन्तीतथा गुरू पूर्णिमाको अवसर पारेर विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरु विचमा चित्रकला, स्थलथत कविता लेखन तथा कविता वाचन गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी र गुरू विचको अन्तर सम्वन्ध तथा भानुजयन्तीको बारेमा आफ्नो धारणा राख्दै विद्यालयका निर्देशकमा धव शरण उपाध्ययले विद्यार्थी र शिक्षकविच नङ र मासुको सम्वन्ध हुने र हरेक शतमार्ग निर्देशन गर्ने व्यक्ति हरेक को गुरू हुने धारण व्यक्त गर्नु भएको थियो ।
विभिन्न तह गत रुपमा भएको प्रतियोगितामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा आकृती पाण्डे, प्रथम, समृद्धि खड्काद्वितीय तथा जमुना वास्तोला तृतीय स्थानमा प्राप्त गर्न सफल भएका छन् भने कवितावाचन तर्फ प्रथम कृतिका गुरुङ द्वितीय परिना गुरुङ तथा तृतीय स्थानमा उमा राना विजयी भएको विद्यालयका संयोजक विकाश लामिछानेले जानकारी दिएका छन् ।
विजयी विद्यार्थीहरु लाई पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य यम बहादुर रोकाले भानु भक्तको बारेमा जानकारी तथा गुरू र विद्यार्थी विचको अन्तर सम्वन्धको बारेमा प्रकाश पार्नु भएको थियो ।