२०८१ आश्विन १३ , आइतवार

कञ्चनपुरको गोबरैयामा दिउँसै एक लाख नगद सहित सुनका गहना लुटपाट

सुनाखरी न्युज/ कञ्चनपुर-

भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरूले बुधबार दिउँसै लुटपाट गरेका छन् ।

 

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितको उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । रासस