२०८१ आश्विन १३ , आइतवार

के.एल. दुगड समुहको ज्ञान मखाना बजारमा

सुनाखरी न्युज/ काठमाडौं –

के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँउत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ। के.एल. दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

 

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरीउपभोगको लागि योग्य रहेको ठहराएका छन् । लिलीफूलको बीउबाट बनाइने मखानाप्रोटिन र अन्यधेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ ।

 

मखानाहल्का रोस्ट गरेर अथवासिधै खान सकिन्छ।यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ। ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध छ।