२०८१ मंसिर ३ , सोमवार

उपसभामुखको निर्वाचन आज, पुष्पा भुसाल र विद्या भट्टराई प्रतिष्पर्धामा

सुनाखरी न्युज/ काठमाडौं ।

संघीय संसद (प्रतिनिधि सभा) को उपसभामुखको निर्वाचन आज हुँदैछ ।  साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।

 

उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ ।

 

भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार ।

 

हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

संसद सचिवालयका अनुसार मतदानको समय दिउँसो तीन बजेलाई निर्धारण गरिएको छ ।