२०८१ आश्विन १३ , आइतवार

राजनीति र पत्रकारिता बाट एकैछिन बहकिदा

किरण गिरी/ काठमाडौं –


खै मिहेनत पुगेन कि , भाग्य थिएन ।
चाहेको कुरा जिन्दगीले कहिल्यै दिएन ।
एक प्रहर रात सुत्न बाहेक ,
घर र परिवार संग कहिल्यै बसिएन ।
तैपनि आफुले चाहेको ठाउँमा कहिल्यै पुग्न सकिएन ।

 


जिन्दगीले आधा शताब्दी पार गरिसक्दा ,
केही थाकेको छु ।
तर हारेको छैन ।
मेरो भगवान , भाग्य र समय लाई साथमा लिएर ,
मेरो यात्रा कहिल्यै रोकिने छैन ।

किरण गिरी
नागार्जुन, काठमाडौं