कुरिलो, भलायो, कुकुरडाइनो, लुतेझार, धोतीसरो, पानीसरो, पानीअमला धुबेनि, जनै लहरा, रात पाते, मगरकाची, तिगरे, धँसिगारे, दुबो, सिरु, देबीसरो, हाडे उनिउ, भोगटे, निबुवा, अम्बा, अनार, दारिम, हलेदो, अदुवाको बोट, काग भलायो,रातपाते, कागती, नासपाती, आरु, ज्यामिर, जोडी फलेको मकै, जौ तिल आदि झारपात फलफूल लिएर कण्डारक नामक राक्षसको पूजा गरेर, नाङ्लो ठटाउंदै, शंख फुकेर ,घण्ट बजाउदै ,ढिकि कुट्ने अनी घरको ढोका बन्द गरेर बाह्रै महिना बाह्रै काल भाकेर अगुल्टोलाई घरको धुरी सहित चारै दिसा कटाउन नभुल्नोला नि है ।
आजको राजनीति :-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्यो ।
असार २७ गतेदेखि शुरु भएको बैठकमा आज केन्द्रीय पदाधिकारीहरु— उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु— प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र आमन्त्रित गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक २०७९ श्रावण २ गते सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मेरो राजनीति :-
सबै समादरणिय ज्यु हरुमा बिहानीको शुभ प्रभात ।
अग्रज आदरणीय नेता ज्यु हरु , समकालीन सहकर्मी साथीहरू र सबै भाइबहिनी हरुमा ” जय नेपाल ” को हार्दिक सम्मान । जय नेपाल ।
सकारात्मक सोच र रचनात्मक जीवन शैली नै हरेक सफलता को प्रमुख आधार हो ।
न बढी , न कम ।
राजनीतिक यात्रामा मेरो सक्रियता बढ्दै जाने छ , हरदम ।
समसामयिक जानकारी :-
करिब -३९ लाख जनताको समर्थन कांग्रेस लाई ।
स्थानीय निर्बाचन -२०७९ , गत बैशाख -३० गते सम्पन्न निर्बाचनमा नेपाली कांग्रेस – ३८ लाख , ८३ हजार , १ सय , ३८ लोकप्रिय मत सहित जनादेश द्वारा पहिलो शक्तिको रुपमा उदयमान भएको छ ।
नेपाली कांग्रेसको पपुलर मत :- ३८,८३,१,३८ ।
पालिका प्रमुख / अध्यक्ष :- ३२९ ।
वडा अध्यक्ष :- २६६५ ।
७७ जिल्ला मध्ये अहिले असार -५ गते ६७ जिल्ला को परिणाम आउँदा सम्म नेपाली कांग्रेसले ३१ जिल्लामा जिल्ला समन्वय समितिको नेतृत्व ” सभापति ” पद प्राप्त गरिसके छ ।
कांग्रेस मा देउवाको नेतृत्व सर्बाधिक सफल :-
जन नायक महामानव बि पी कोइराला पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा को नेतृत्व सर्बाधिक सफल देखियो। पार्टीमा उपसभापति पुर्ण बहादुर खडका र सरकार मा गृहमन्त्री बालकृष्ण खांड यो चुनाबमा प्रधानमन्त्री एबं सभापति देउवाका कुशल सारथीका रूपमा सफल देखिनु भयो भने महामन्त्री गगन कुमार थापा र महामन्त्री बिश्वप्रकाश शर्मा लगायत केन्द्रीय पदाधिकारी एबं सदस्यहरुको सार्थक र जिम्मेवार भूमिकाको कारण यो निर्बाचन जित्न हामी सफल भएका छौं ।
यो उपलब्धिका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सफल राजनेता सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा लाई हार्दिक सम्मान। यो जनादेशको जग र उर्जा मा यहि निष्ठा र प्रतिबद्धताका साथ संसदीय र प्रदेशको आगामी निर्बाचन सफल पारौं । नेपाली कांग्रेस नै समुन्नति को आधार । तिनैतहमा नेपाली कांग्रेसको बहुमतको सरकार ।
यस कारण कांग्रेस सभापति देउवा सफल राजनेता :-
१४ औं महाधिवेशन बाट नै नेपाली कांग्रेस लाई निर्बाचनमा पहिलो पार्टी बनाछु भन्ने दृढता , अठोट र प्रतिबद्धता का साथ अगाडि बढेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा को नेतृत्व सबल , सक्षम र सफल प्रमाणिात भएको छ । गत स्थानीय निर्बाचनमा नेपाली कांग्रेस जनादेश बाट पहिलो पार्टी बनेको छ । आगामी संसदीय र प्रदेश को चुनाव मा पनि नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउने सभापति देउवा को लक्ष्य र उध्येश्य प्राप्तिका लागी नेपाली कांग्रेसको नेतृत्व सभापति देउवा लाई दृढता पुर्बक साथ , सहयोग र समर्थन गर्नु नेपाली कांग्रेसका हामी सबै नेता तथा कार्यकर्ता को दायित्व हो । नेपाली कांग्रेस लाई निर्बाचनको माध्यम बाट पहिलो पार्टी बनाउने सभापति देउवा मिसनमा मेरो निरन्तर साथ , सहयोग र समर्पण रहने छ । यो दुरदर्शि , परिपक्व र सालिन राजनेता संग राजनीतिक सहकार्य गर्न पाउदा म आफुलाइ अत्यन्तै भाग्यमानी र गौरव महसुस गरिरहेको छु । नेपाली कांग्रेस र मुलुक कै कुशल अभिभावक राजनेता नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रती हार्दिक सम्मान र नमन व्यक्त गर्दछु ।
उत्साह जनक चुनावी परिणाम :-
स्थानीय निर्वाचन परिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ । काँग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ ।
काँग्रेसबाट १३ हजार ७४५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस जनादेश द्वारा पहिलो पार्टी ।
नेपाली कांग्रेसको उत्साह जनक बिजयी प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना ।
मुलुकमा पहिलो पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरा बर्तमान जनादेशले फेरिपनी पुष्टि गरेको छ ।
हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३२९ स्थानमा बिजयी प्राप्त गरेका छौँ । नेपाली कांग्रेस यो स्थानीय निर्बाचनको जनादेश बाट मुलुकको पहिलो लोकतान्त्रिक राजनीतिक पार्टीको स्थापित भएको छ ।
लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो ।
यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ ।
स्थानीय तहको निर्वाचन २०७९
वैशाख ३० गते शुक्रबार सप्पन्न भएको हो ।
यो चुनावमा नेपाली कांग्रेस ले ३२९ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।
रुख चिन्ह मा मतदान , निरन्तर हाम्रो अभियान :-
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान ।। लाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी प्रदेश र संघीय संसदको चुनावका लागी पनि हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।
सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
बहुआयामिक जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय म किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर गतिविधि र क्रियाकलापमा सशक्त रुपमा कृयाशिल ।
(देवद्विजगुरुप्राज्ञपूजनम्) दैवी वृति वाला व्यक्ति अर्थात् संत, ब्राह्मण, गुरु र ज्ञानीजनहरुको आदर गर्नु (शौचम्) पवित्रता (आर्जवम्) आधीनी (ब्रह्मचर्यम्) ब्रह्मचर्य (च) र (अहिंसा) अहिंसा यी (शारीरम्) शरीरसम्बन्धी (तपः) तप (उच्यते) भनिन्छ। ।।गिता१७।।१४।।
अर्थात्: संत तथा गुरुको पूजन गर्दै गुरु आज्ञाको आदर, सम्मान र पालनका साथ ब्रह्मचर्य(एक पति/पत्नि धर्म) र अहिंसा मार्गलाई अपनाउदै आधीनताको पवित्र भावमा रहि सदा अरुको सेवा र सत्कारमा समर्पित हुनुलाई शरिर सम्बन्धि तप भनिन्छ।
(यत्) जुन (अनुद्वेगकरम्) उत्येजित नगर्नेवाला (प्रियहितम्) प्रिय तथा हितकारक (च) एवं (सत्यम्) यथार्थ (वाक्यम्) भाषण उच्चारण गर्ने (च) तथा (स्वाध्याय अभ्यसनम्) धार्मिक-शास्त्रहरुको पठन एवं परम् इश्वरको नाम जपको अभ्यास गर्नेलाई (एव) नै (वाङ्मयम्) वाणी सम्बन्धी (तपः) तप (उच्यते) भनिन्छ।।गिता१७।।१५।।
अर्थात्: उत्यजित भई अरुको निन्दा नगरि सदा विनम्र र सत्य वचन बोल्ने, धार्मिक-शास्त्रहरुको पठन गर्ने, परमेश्वरको नाम अर्थात् ॐ तत् सत् मन्त्र जपको अभ्यास गर्नेलाई वाणी सम्बन्धि तप भनिन्छ।
(मनःप्रसादः) मनको प्रसन्नता (सौम्यत्वम्) शान्तभाव (मौनम्) भगवानको चर्चाको अलावा अन्य सांसारिक कुरामा मौन रहने (आत्मविनिग्रहः) प्रत्येक विचारको निग्रह तथा (भावसंशुद्धिः) भावहरुमा भलीभाँति पवित्रता (इति) यस प्रकार (एतत्) यी (मानसम्) मानसिक (तपः) तप (उच्यते) भनिन्छ।।गिता१७।।१६।।
अर्थात्: सांसारिक कार्य गर्दै पवित्र भावहरुका साथ भगवानको ज्ञान चर्चा र नाम जप ” ॐ तत् सत “मन्त्र बाहेक अनावश्यक कुराहरुमा ध्यान नदिई सदा शान्त र प्रसन्न भावमा रहनेलाई मन सम्बन्धी तप भनिन्छ।
२. भक्तिको लागि गरिने साधनामा “तप” को भूमिका छ, तर यो तप त्यो होइन जुन एक स्थानमा बसेर हठपूर्वक गरिन्छ। जुन शास्त्र विरुद्ध भएकोले कारण हानिकारक हुन्छ। यो त्यो तप(माथि उल्लेखित) होइन जुन गीता अध्याय १७ श्लोक ५ र ६ मा भनिएको छ कि जस्ले शास्त्राविधि रहित मनमानि घोर तप गर्दछ्न्, उनीहरुले शरीरको कमल(चक्र)मा बसेका देवताहरु र मलाई दुःखी गर्दछन्, उनीहरुलाई राक्षस स्वभावको जान। तप गर्ने भनेर इन्द्रियहरुलाई वशमा गर्न खोज्नुलाई अर्थात् meditation गर्नुलाई मिथ्याचारी अर्थात् गर्न नहुने कार्य भनिएको छ।
(यः) जो (विमुढात्मा) मूढबुद्धिले (कर्मेन्द्रियाणि) समस्त इन्द्रियलाई हठपुर्वक (संयम्य) रोकेर (मनसा) मनले (इन्द्रियार्थान) इन्द्रियहरुको विषयमा (स्मरन्) चिन्तन गरि (आस्ते) रहन्छ (सः) त्यसलाई (मिथ्याचारः) मिथ्याचारी (उच्यते) भनिन्छ ।।गिता३।।६।।
३. त्यसैले मोक्षको लागि सरल विधि गीता अ.नं. ८ को १३, अ.नं. १७ को २३ मा र यजुर्वेद अ. ४० को १५ “ॐ” तथा “ॐ तत सत ” दिइएको छ जस्लाई प्राप्त गर्न गीता अ.नं. ४ को ३२, ३४, गीता अ.नं. १५ को १-४ र गीता अ.नं. १८ को ६२,६६ अनुसार तत्वदर्शि संत(गुरु)को शरणमा जान वा सो अनुसार को मर्यादा अबलम्बन गर्न भनिएको छ।
जसले अनादि अक्षरातीत सच्चिदानन्द परमात्मा श्री कृष्णको महिमा अर्थात् तत्व बुझेर अन्तर आत्माको विश्वासले सद्भावका साथ आत्माचिन्तन सद्भक्ति,सद्प्रेम,र सत्य कर्मको सिद्धांतलाई अङ्गालेर परमात्मा प्रति भक्ति गर्दछन् अनन्य सद्भावले परमात्मा श्रीकृष्ण लाई प्रणाम गर्दछन् भने दश अश्वमेध यज्ञको फल प्राप्त गर्दछन् यो श्वर संसारीक जंगमा पुनर्जन्म पनि हुने छैन मोक्ष भई परमधामको वास हुनेछ।जो मनुष्यले परमात्माको अलौकिक कृपा प्राप्त गर्न सकेको हुन्छ।उसले अलिकति मेहेनत गर्दा पनि पूर्णरुपमा सफलता प्राप्त गर्दछ। जहाँ परमात्माको अमृतमय कृपा दृष्टि हुन्छ। त्यहाँ केही चिजको कमि हुदैन सबै पूर्ण हुन्छ। अज्ञान मोह अन्धकार मनको मैलो नाश भएपछि मात्र साक्षात परमात्माको दया,प्रेम, करुणा हुन्छ।
यो हाम्रो शरीर अनित्य छ। धनसम्पत्ति पनि अनित्य छ। सधैं केही पनि साथमा रहदैनन् त्यसकारण जसका हातले दान गरेको छैन जसको कानले परमात्माका अमृतमय वाणीहरुको रसपान गरेको छैन।जसका गोडा तिर्थस्थल तिर लम्किदैनन् जसका नेत्रले पवित्र दृश्यहरु देख्न चाहँदैनन् जसले अर्काको धनसम्पत्ति, ऐश्वर्यले बटुलेर आफ्नो पेट भरेको छ। जो अहंकारले शिर उच्चा पारेर हिँडेका छन् यी सबै पृथ्वीका भारहरु हुन मानव जीवनमा धर्मको पूर्णरुपमा ज्ञान हुन अति आवश्यक हुन्छ।धर्मले नै सबै कुरा सिकाउदछ। धर्महीन मानव पशुबराबर हुन्छन् । त्यसैले मानव जीवनमा धर्मको ज्ञानले नैं सत्य र असत्य छुट्याउन सक्ने क्षमता हुन्छ । त्यसैले हरेक पल पलमा भनौं ॐ तत सत , हर स्वास प्रस्वास मा जपौं ॐ तत सत ।
लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन