सुनाखरी न्युज/सिन्धुपाल्चोक –
लिसंखु पाखर गाउँपालिका-५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।