२०८१ आश्विन १३ , आइतवार

दशमहिना धान्न सक्ने विदेशी विनिमय सञ्चिती जरुरी

सुनाखरी न्युज/ काठमाडौं –

त्रिभुवन विश्वविद्यालय, सरस्वती बहुमुखी क्याम्पसले “मौद्रिक नीतिःवर्तमान स्थिति र चुनौतीहरु”विषयक खुला छलफलको आयोजना गरेको छ ।

क्याम्पस प्रमुख डा.गोलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंककापूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले चालू खाता र शोधनान्तर घाटा बढ्दै गयो भने राष्ट्रको ढुकुटी रित्तिन्छ भन्नु भयो । उहाँले दश महिना आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती हुन सक्यो भने देशको आर्थिक अवस्था मजबुत हुने उल्लेख गर्नु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघका महाप्रवन्धक गोकर्ण अवस्थीले अहिलेको कमजोर आर्थिक अवस्थाले गर्दा साना तथा मझौला उद्योग सञ्चाल नगर्न खोज्ने उद्यमीहरुलाई अत्यन्तै कठिन अवस्था रहेको बताउनु भयो । उहाँको भनाइ थियो– पूँजी निर्माणमा निजी क्षेत्रको योगदान करिब ७५ प्रतिशत रहे पनि बैंकहरुमा रकमदिन सक्ने अवस्था छैन । चोरी पैठारीका सामानहरु भित्रिन थालेको छ ।

 

सानिमा बैंककापूर्व कार्यकारी अधिकृत भुवन दाहालले विश्व अर्थतन्त्रमा वैदेशिक मुद्रा शोधनान्तर स्थिति ३ महिना धान्न सक्ने व्यवहारमा भए पनि नेपालमा ६ महिना थेग्न सक्ने हुनु सकारात्मक भएको टिप्पणी गर्नु भयो । कार्यक्रम राम खड्काले सञ्चालन गर्नु भएको थियो । छलफल कार्यक्रममा प्राध्यापकहरु, बैंकिङ क्षेत्रका व्यक्तित्वहरु, स्नातकोत्तर तह विविएम र विविएसका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।जल्दा बल्दा विषयहरुमा केन्द्रित भइ छलफल कार्यक्रमलाई नियमित रुपमा अघि सार्दै जाने क्याम्पस प्रमुख डा.गोलमान गुरुङले बताउनु भयो ।