२०८१ आश्विन १३ , आइतवार

निकुञ्जमा गैँडाको मृत्युदर घटाउन विज्ञ टोली गठन

सुनाखरी न्युज / काठमाडौँ, साउन ३ गते –  गैँडा मृत्यु सङ्ख्या बढेको समस्या निराकरणका लागि सरकारले विज्ञहरू सम्मिलित टोली गठन गरेको छ । गैँडाको मृत्युदर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिद बिक्री अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले विज्ञ टोली गठन गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा गठन भएको टोलीमा नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक वीरेन्द्र जोहारी, विज्ञ डा।शान्तराज ज्ञवाली र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागकै सदस्यसचिव इकोलोजिस्ट डा गणेश पन्त छन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा गठन भएको टोलीमा नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक वीरेन्द्र जोहारी, विज्ञ डा।शान्तराज ज्ञवाली र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागकै सदस्यसचिव इकोलोजिस्ट डा । गणेश पन्त छन ।