२०८१ मंसिर ९ , आइतवार

काठमाडौंमा आजबाट कोरोनाविरुद्धको बुस्टर मात्राको खोप लगाइँदै

सुनाखरी न्युज / आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

‌काठमाडौंमा आजबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिँदैछ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको हो ।

आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् ।