२०८१ पुष १२ , शुक्रवार

श्रीलंकामा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटे सजिथ प्रेमदासा

सुनाखरी न्युज / एजेन्सी- श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् ।

देशको भलाईका लागि आफू पछि हटेको उनले बताएका छन् ।उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्वसञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ।

नयाँ राष्ट्रपतिको निर्वाचन जुलाई २० मा हुँदैछ।राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर सिंगापुर पुगेका छन्। त्यसपछि कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका थिए।