२०८१ कार्तिक १६ , शुक्रवार

सेयर बजारमा सुधार,१६.२० अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १६.२० अंकले बढेर दुई हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।

 

सोमबार नेप्से १८.०३ अंकले बढेर दुई हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

मंगलबार कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २९ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।