सुनाखरी न्युज/ काठमाडौं –
भारतको झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङका बेला किचेर हत्या गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सन्ध्या टोपनो सवारीसाधन चेकिङ गरिरहेकी थिइन् र यतिबेला उनले एउटा पिक अप भ्यानलाई रोक्न भनिन् । भ्यानका चालकले रोक्नुको साटो टोपनोमाथि गाडी गुडाइदिए ।
सन्ध्या टोपनो तुपुदाना थानामा ओपीको पदमा तैनाथ थिइन् । राँचीको एसएसपीले दिएको जानकारी अनुसार एक अभियुक्तलाई पक्राउ गरिएको छ । मंगलबार मात्रै हरियाणाको नुहुमा पनि यस्तै प्रकृतिको एउटा घटना सार्वजनिक भएको थियो ।
उक्त घटनामा हरियाणा प्रहरीका एक डिएससपी सुरेन्द्र सिंह बिश्नोईलाई एउटा डम्परले किचेर हत्या गरिएको थियो । बिश्नोई अवैध उत्खनन रोक्ने प्रयास गरिरहेका थिए । एजेन्सी