२०८१ मंसिर १५ , शनिवार

राष्ट्रिय क्रिकेट टिमका पुबुदु दसानायकेले प्रशिक्षक पदबाट दिए राजीनामा

सुनाखरी न्युज/ काठमाडौं –

पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका छन्। बुधबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै दासानायकेले पदबाट राजीनामा दिएका हुन्।

 

अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन्। उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्। त्यसैले म यो राजीनामा दिँदा दुखित छु,’ पुबुदुले भने । सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए।

 

यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए। पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।

 

पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको नेतृत्वमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले टी-२० विश्वकप क्रिकेटमा त्यो नै नेपालले पहिलो विश्वकप खेलेको थियो।