२०८१ पुष ८ , सोमवार

नवोदित फुटसल कप–२०७९’ शुरु, १०७ टिमको प्रतिष्पर्धा

भैरवी पाण्डे/सुनाखरी न्युज/काठमाडौं ।
नवोदित फुटसल कप–२०७९’ शुरु भएको छ। नबोदित कलेज र नबोदित फुटसल क्लवको संयुक्त आयोजनामा ‘नवोदित फुटसल कप–२०७९’ शुरु भएको हो।

प्रतियोगितामा विभिन्न विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका १ सय ७ टिमको सहभागीता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई विभिन्न समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ।

प्रतियोगितामा पहिलो हुनेले टिमले २० हजार र दोश्रो हुने टिमले १० हजार सहित ट्रफ्री, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै उत्कृष्ट एक खेलाडी र उत्कृष्ट किपरले जनही तीन हजार प्राप्त गर्नेछन्। बिहिबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नवोदित फुटसल मैदानमा भएपनि अन्य खेलहरु सामाखुशी फुटसल मैदानमा खेलाईने आयोजकले जनाएको छ।

 

 

प्रतियोगिताको उद्घाटन गर्दै नबोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले कलेजका आयोजना गरिने यस्ता किसिमका प्रतियोगिताहरुले विद्यार्थीहरुमा शारिरीक तथा मानसिक वृद्वि गर्न सहयोग गर्ने बताउनुभयो । अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत सञ्चालन गर्दै आईरहेको नबोदित कलेजमा ‘प्लस टु लेबल’ मा खेल बिज्ञानको समेत पठनपाठन हुँदै आएको छ।

 

 

कलेजका सहायक प्रिन्सिपल जिवी अधिकारीले कलेजले पढाइका साथसाथै खेदकुदलाई पनि उत्तिकै प्राथमिकता दिएको बताउनुभयो । कलेजले आयोजना गरेको यो प्रतियोगितावाट सहभागि विद्यार्थीले आफूमा भएको प्रतिभा उजागर गर्ने अवसर प्राप्त गरेको उहाँको भनाई छ । नवोदित कलेजले यस किसिमका प्रतियोगिता समयसमयमा आयोजना गर्दै आएको छ । कलेजको आफ्नै हातामा फुटसल प्राङगण समेत रहेको छ ।

यस कार्यक्रममा चिरायु अस्पताल धुम्वाराहीले सहभागी खेलाडीको आकस्मिक उपचार तथा अन्य स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाएको छ ।