२०८१ आश्विन १३ , आइतवार

युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ । विराटनगर महानगरपालिका-९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका-३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित आइतबार र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम मंगलबार उक्त पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका-७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका-२ बस्ने ४० वर्षीय दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका-१२ बस्ने ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका-७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका-९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् ।

 

यसैगरी उक्त दुधफारमबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-८ बस्ने ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका-६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका-१२ बस्ने ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका-३ बस्ने ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका-५ बस्ने ३६ वर्षीय दिपक बहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका-३ बस्ने ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका-५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।