२०८१ आश्विन १३ , आइतवार

श्रोत नखुलेको नेपाली रुपैयासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

सुनाखरी न्युज/सर्लाही। सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा ईलाकाबाट साउन ४ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षिय सुमन बि.क. छन् ।

 

प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज बि.क.लाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।

 

त्यसवेला उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रास्लेट १ थान, चाँदीको औंठी १ थान, मोवाईल सेट ३ वटा र उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।