२०८१ पुष २७ , शनिवार

सेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोडभन्दा बढी भने  नपाइने

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ । कुल १२ कोडको सिमा भने थथावत राखेको छ ।

गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।

लगानीकर्ताले नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमाको चर्को विरोध गर्दै आएका थिए ।