२०८१ पुष २४ , बुधवार

यस्तो छ चालु आर्थिक वर्ष २०७९-०८० को मौद्रिक नीति (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरेका छन् । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दबाब पुग्नेछ ।

यस्तै राष्ट्र बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ ।

पूर्णपाठ