२०८१ पुष २५ , बिहिवार

आइक्यानको सपथ ग्रहण तथा बिपीए अवार्ड वितरण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाली लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचितभएका छन् ।

केहि समय अगाडी भएको निर्वाचनमाभाष्कर सिंह लालानिर्विरोध निर्वाचित भएका हुन् भने सुजन कुमार काफ्ले प्रतिद्वन्दीपियुषआनन्दलाई पराजितगर्दै उपाध्यक्षपदमानिर्वाचितभएकाहुन् । अध्यक्षलाला यसअघि संस्थाको उपाध्यक्ष थिए । यसैबीचअध्यक्षलाला र उपाध्यक्षकाफ्ले दुबैले आफ्नो पद तथागोपनियताको सपथखाएका छन् । शुक्रबार काठमाडौँमाआयोजित एक विशेष कार्यक्रमकाबीचउनीहरुले पद तथागोपनियताको सपथखाएकाहुन् । सपथ ग्रहणपछि कार्यक्रममाबोल्दै आइक्यानकाअध्यक्षले आफ्नो कार्यकालमा समग्र लेखाव्यवसायको हितकालागिकामगर्ने बताउँदै यस काममा सबैलाई साथदिनआह्वान गरेका छन् ।

उनले आफुलाई उपाध्यक्षहुँदा सबैभन्दा बढी साथसिने संस्थाकातत्कालीनअध्यक्ष युद्धराजओलीलगायतआइक्यानका सबै कर्मचारी, तथाअन्य सरोकारवालाहरुलाई धन्यवादसमेत दिएकाथिए । आफुलाई अध्यक्षपदमानिर्विरोध निर्वाचित गराउन सहयोग दिने सबैप्रतिआभार प्रकट गरेकाउनले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउनआफुले कुनै पनि कसर बाँकी नराख्नेसमेत उद्घघोष गरेका छन् । साथै कार्यक्रममाबोल्दै संस्थाकाउपाध्यक्ष सुजन कुमार काफ्लेले पनिआफुलाई संस्थाको उपाध्यक्षपदमानिर्वाचित गराउने सबैलाई धन्यवाददिएका छन् । संस्थाको उपाध्यक्षभएसँगै जिम्मेवारी पनि बढेको आभाषभएको बताउँदै उनले आफुले भ्याएसम्मको काम गरेर आफ्नो कार्यकालमा लेखाव्यवसायको सेवागर्ने बताएका छन् । उपाध्यक्षकाफ्ले अवआइक्यानकातर्फबाट नेपालधितोपत्रबोर्डका संचालकसमेत हुनेछन् । धितोपत्रबोर्डमाआइक्यानकाउपाध्यक्ष संचालकका रुपमा संस्थाको प्रतिनिधिभएर जाने चलन छ ।

साथै कार्यक्रममा २० बर्षभन्दा बढी आइक्यानमा रहेर कामगर्ने कर्मचारीहरुलाई दीर्घसेवापदकले सम्मानसमेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाकापूर्व कार्यकारी निर्देशकलगायतलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममाउत्कृष्ट वित्तीयप्रतिवेदन सार्वजनिकगर्ने संस्थाहरुलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बिपीए) अवार्डसमेत प्रदानगरिएको थियो । सो अवार्ड बैंकिङ क्षेत्र तर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोश्रो र तेश्रो अवार्ड प्राप्त गरेका छन् ।

 

यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीयप्रतिवेदनको अवार्ड मुक्तिनाथबिकास बैंकले पाएको छ । बैंकले तेश्रोपटक यो अवार्ड हातपार्न सफलभएको हो । यस्तै सो अवार्डमा ज्योतिबिकास बैंक लिमिटेड दोश्रो बन्न सफलभएको छ । यता, इन्स्योरेन्सतर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेश्रो अवार्ड प्राप्तगर्न सफलभएको थियो । यस्तै जनरल सेक्टरतर्फ दोश्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ भने बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थानहाँसिलगर्दै सो अवार्ड प्राप्त गरेको छ ।