सुनाखरी न्युज/ काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ ।
गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनकालागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।“सिप्रदी ट्रेडिङ्गले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाईरहेको छ । यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,” सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन् ।
“यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।”यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ता भन्छन् “हामी केही दिनमा नै छैठौं वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदैछ । हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध छौं । लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ ।
विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । नविन प्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ ।