२०८१ आश्विन १३ , आइतवार

नेपाल प्रहरीका ११ एसपीको सरुवा, मकवानपुरमा गौतम

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ । आइतबार प्रधान कार्यालयको मानव स्रोत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न ११ जना एसपीको काज सरुवा गरिएको हो ।

 

एसपी प्रेमबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, बीरबहादुर बुढा मगरलाई जिल्ला प्रहरी कार्यालय रौतहट, बामदेव गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, होबिन्द्र बोगटीलाई जिल्ला प्रहरी कार्यालय बारामा काज सरुवा गरिएको छ । बारामा काज सरुवा भएका एसपी बोगटीले सबैभन्दा आकर्षक जिल्ला पाएका छन् ।

 

दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय डोटी, अजय केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की, प्रजित केसीलाई जिल्ला प्रहरी कार्यालय भक्तपुर, शिवकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अनुपमशम्शेर जबरालाई ईन्टरपोल शाखा नक्साल, विश्व अधिकारीलाई यू.एन.शाखा नक्साल र गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा गरिएको छ ।