२०८१ पुष २६ , शुक्रवार

१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण सम्पन्न

सुनाखरी न्युज/  बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

 

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले संखुवासभाको उत्तर तर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला, ब्यापारिक केन्द्र तथा पर्यटकिय जिल्ला भएको तर यातायातको पहुच कम भएको जिल्ला रहेकोले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिटहरुले समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी आम नागरिकहरुको सुरक्षार्थमा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

 

पहिरो, आगलागि र अन्य बिपदहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । निर्देशनकै क्रममा वहाँले सवारी दुर्घटना न्युनिकरण, आत्महत्या निरुत्साहित गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकहरुमा सचेतना फैल्याउन तथा प्रहरी ऐन र नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आगामी हुन गईरहेको निर्वाचनमा शान्ति सुरक्षार्थको लागि योजना तयार गरी सम्पुर्ण प्रहरी कर्मचारी खटिन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।