२०८१ मंसिर १५ , शनिवार

जनार्दन शर्मामाथि छानबिन : प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट छानबिन समितिमा पुग्यो

 

सुनाखरी न्युज / काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विषय समितिलाई बुझाएको छ ।

बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रहरीको प्रयोगशालाका विज्ञसँग छलफल गर्ने भएको छ।करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

समितिको बैठक दिउँसो चार बजे बोलाइएको छ। बिहान ८ बजेको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरण खोलिएको थियो।प्रयोगशालाले सोमबार समितिलाई अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबारेको विवरण शिलबन्दी गरेर पठाएको थियो।

अर्थमन्त्रालयले सिसिटीभी फुटेज १३ दिनसम्म मात्रै रहने दाबी गरेपछि त्यसलाई रिकभरी गर्न सकिने नसकिने निक्र्यौलका निम्ति समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहायता लिएको हो।तत्कालीन अर्थमन्त्री शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ।

‘प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिपोर्टमा लिखित मात्रै छ कि सिसिटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।