२०८१ आश्विन १३ , आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ झापा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिवारी गाउँपालिका-२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।