२०८१ आश्विन १३ , आइतवार

२३ प्रतिशतले बढ्यो व्यापार घाटा

सुनाखरी न्युज/ काठमाडौं- नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापारघाटा भएको हो ।

 

अघिल्लो वर्ष १३ खर्ब ९८ अर्व व्यापारघाटा रहेकोमा यो वर्ष २३ प्रतिशतले बढेको छ । १ वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा २ खर्बको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँ आयात हुँदा १ खर्ब ४१ अर्ब रुपैयाँको रहेको थियो ।

 

कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले बढेको हो ।