सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन्। यो वर्षको एसइईमा जिपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
नतिजा थाहा पाउन तल पढ्नुहोस् :
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सक्नेछन ।
परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।
एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन्।
तलका वेब साइटमध्ये कुनैपनि वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.khalti.com
www.neemaacademy.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.admissionnepal.com