२०८१ आश्विन ५ , शनिवार

तामाङद्दारा अभिनेत्री मिरुना र ठकुरी विरुद्ध अदालतमा मुद्दा दर्ता

सुनाखरी न्युज/ काठमाडौं- तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले मुद्दा दर्ता भएको पुष्टि गरे । माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् । फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।

 

यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदाय बीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिए । त्यसपछि परिस्थिति शान्त हुनेभन्दा थप जटिल बन्दै गयो । यतिबेला पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको हो ।